रौतहट १२ बैशाख
रौतहटका एक नगर प्रमुखले आफ्नो जन्मदिनमा बन्दै गरेको नगरपालिकाको भवन परिसरमा बृक्षारोपण गरेर मनाएका छन । रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले शुक्रबार परेको आफ्नो जन्मदिनको अवसरमा विभिन्न विशिष्ट ब्यक्तिहरुको रोहवरमा बृक्षारोपण गर्नु भएको हो । सो र्बक्षारोपण कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका प्रमुख उमाकान्त आचार्य, महालेखा परीक्षकको कार्यालय काठमाडौंका सचिव पदमराज पौडेल, रौतहटका प्रमुख जिल्ला अधिकारी सीडीओ विनोद कुमार खड्का, अख्तियारका डिएसपी लगायतका अति बिशिष्ट व्यक्तिहरूसंग बन्दै गरेको नगरपालिका कार्यालय परिसरमा वृक्षारोपण गरेका गरुडा नगरपालिकाले तराई पोष्टलाई जानकारी दिएको छ ।


