राैतहट १२ बैशाख
राैतहटमा एक बालककाे हत्या भएकाे छ । राैतहटकाे बृन्दावन नगरपालिकाकाे वडा नम्बर ७ बर्ष १४ का कृष्ण प्रसाद यादव गत बैशाख ६ गते देखि बेपत्ता भएका थिए । साे दिन बेलुकी ४ बजे घरबाट बिर्ता गाउँ जान्छु भनी उक्त बालक आफ्नै मोटरसाइकल गएका थिए । ३ दिनसम्म बालक घरमा आएका थिएनन । यादव सम्पर्क विहिन भएपछि बैशाख गत ९ गते पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जेष्ठ नागरिक महिला तथा वालवालिका सेल गरुडामा खोजतलासको लागि निवेदन दिएको थिए । प्रहरीले खाेजी कार्य गरिरहदा शुक्रबार निज यादवकाे शव खोलाको फेला पारेकाे छ । राैतहटकाे गरुडा नगरपालिका ८ स्थित चाँदी खोलामा शुक्रबार बिहान ९ बजे मृतक बालक कृष्ण प्रसाद यादवकाे शव पानीमा घाेप्टाे परेकाे अबस्थामा फेला परेकाे ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले जानकारी दिनु भयाे । बालककाे शव स्गानियले खाेलामा देखेपछि प्रहरीलाई स्थानियले खबर गरेकाे पिडित बृन्दावनका सुरुज राय यादवले तराई पाेष्टसँग बताउनु भयाे । साे घटनाको जानकारी प्राप्त हुनासाथ डिएसपी कार्की सहितको टोली अनुसन्धानको लागि घटनास्थलमा खटिएको प्रहरीले जनाएकाे छ । शवको प्रकृती हेर्दा हत्या गरिएको जस्तो देखिएको डिएसपी कार्कीले बताउनु भएकाे छ । बालकको पेट र कन्चटमा गहिरो घाउ खत देखिएकाले धारिलो हतियारले प्रहार गरेको हुनसक्ने अनुमान रहेको डिएसपी कार्कीकाे भनाई रहेकाे छ । शवमा किरा लागिसकेको अवस्थामा शुक्रबार फेला परेकाे हाे । याे समाचार तयार पार्दासम्म शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिाहपुर पठाइएको प्रहरीले जनाएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइ रहेको तथा बालकले घरबाट लिएर गएको मोटरसाइकल हाल सम्म फेला नपरेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

