बारा प्रहरीले १० लाख ८० हजारको चाँदीको गहना बरामद

बारा १० बैशाख
बाराको पथलैयाबाट प्रहरीले १० लाख ८० हजार मुल्य बराबरको ६ किलो अबैध चाँदीका विभिन्न गहनाहरु बरामत गरिएको प्रहरी चौकी पथलैया बाराका असइ अमृत मैनालीले बताउनु भएको छ । प्रहरी चौकी पथलैया बाराबाट असई अमृत मैनालीको कमाण्डमा खटिएको प्रहरी टोलिले मंगलवार साँझ जीतपुर सिमरा उप महानगरपालिका १ पथलैया चोकमा वीरगंजबाट तुलसिपुर दाङ जादै गरेको बा.प्र.३२५६ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच उक्त गहना बरामद भएको जनाइएको छ । बसको क्याभिन भित्र सिट मुनि वेवारिसे अवस्थामा टेपले बेरी राखिएको कार्टुन शंकास्पद लागी खोली हेर्दा उक्त कार्टुन भित्र लुकाई छिपाई राखिएको चाँदीको रेडिमेट गहना वरामद गरी आवश्यक कानुनी कारवाही प्रकृया अगाडी बढाईएको बारा प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले बताउनु भयो ।

ताजा समाचार

Related Articles