रौतहट १० बैशाख
रौतहट प्रहरीद्धारा बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सशस्त्र प्रहरी बल रौतहटको १८ औ स्थापना दिवसको अवसरमा बुधबार सो रक्तदान कार्यक्रम सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ११ गण हेडक्वाटर रौतहटले जनाएको छ । कार्यक्रममा रौतहट स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहट स्थित कार्यरत जवान तथा अधिकृतहरुले रक्तदान गरेका थिए । सशस्त्र प्रहरी बल रौतहटको “१८ औ स्थापना दिवस–२०८२” को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हेक्वा रौतहटको आयोजनामा रक्तदानको आयोजना गरिएको हो । नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखा कार्यालय गौर रौतहटको समन्वय एवं सहकार्यमा गण परिसर भित्र आयोजित रक्तदान कार्यक्रममा २८ सशस्त्र प्रहरी कर्मचारीहरुबाट रक्तदान भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले तरार्ए पोष्टलाई जानकारी दिनु भयो । रक्तदान कार्यक्रममा रौतहट जिल्लामा कार्यरत सशस्त्र प्रहरी तथा कर्मचारीहरूको सहभागीता रहेको बस्नेतले बताउनु भयो ।

