राैतहट ९ बैशाख
नेकपा एमाले चन्द्रपुरमा स्थापना दिवसकाे अवसरमा सरसफाई तथा बिरामीलाई फलफुल बितरण गरेकाे छ । राैतहटकाे चन्द्रपुरमा रहेकाे चन्द्रनिगाहपुर अस्पताल परिसर सरसफाइ तथा साे अस्पतालमा भर्ना भएका बिरामीहरुलाई मंगलबार फलफुल वितरण गरिएकाे नेकपा एमाले चन्द्रपुर नगर कमिटिका अध्यक्ष शिव प्रसाद आचार्यले तराई पाेष्टलाई जानकारी दिनु भयाे ।


नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ बर्षको अवसरमा नेकपा एमाले चन्द्रपुर नगर कमिटीको साे कार्यक्रम आयोजना गरेकाे हाे । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य उद्वव रेग्मी , प्रदेश कमिटी सदस्यहरु वीर बहादुर गोले , बालविक्रम कार्की लोकतान्त्रिक तामाङ संघका कार्यवाहक केन्द्रीय अध्यक्ष खड्गबहादुर तामाङ जिल्ला कमिटी सचिव बावुराम दहाल,उपसचिव मुना लामीछाने लगायत सहभागी पार्टी तथा जनसंगठनका नेता कार्यकर्ता ,जनप्रतिनिधि ,अस्पताल प्रशासन , शुभचिन्तकहरुकाे बाक्लाे सहभागीता रहेकाे थियाे ।



