काठमाडौ २९ चैत्र
तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईं विरुद्ध १२ दिन म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौँले प्रसाइमाथि अनुसन्धान गर्न शुक्रबार प्रहरीलाई १२ दिनको म्यादको समय सिमा दिएको छ । तयसैगरि जिल्ला न्यायधीश शिशिरराज ढकालको एकल इजलासले प्रसाइ क्यान्सरको बिरामी भएकाले उपचारको उचित प्रबन्ध गर्न निर्देशनात्मक आदेश समेत दिएको छ । प्रहरीले हिजो झापाको बिर्तामोडबाट शुक्रबार पक्राउ परेको जनाएको छ । प्रहरीले प्रसाइलाई आजै झापाबाट काठमाडौँ ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराएका थिए । गत चैत १५ गते तीन कुनेमा प्रसाइ संयोजक रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को नेतृत्वमा प्रदर्शन आयोजना गरिएको थियो । जो पछि हिंसात्मक हुनु पुग्दा २ जनाको ज्यान गएको थियो भने करोडौंको क्षती हुन पुगेको थियो ।

