रौतहट २९ चैत्र
सरकारले सुशासनको प्रतिबद्धता दोहोर्याइरहेको बेला मधेश प्रदेशका मन्त्रीहरू भने बिचौलियाहरु मार्फत योजनाहरू ‘बिक्री’ मा व्यस्त रहेको आरोप लागेको छ । मधेस प्रदेशका वन तथा वतावरण मन्त्री त्रिभुवन साह विचौलिया र स्वयम् आफै पनि योजनाको काम गरीरहेको आरोप उनीमाथी लागेको छ । कानुनतः मन्त्रालयहरुले जिल्ला स्थिति पुर्वधार बिकास कार्यालय वा सम्बन्धित वडामा योजनाको उपभोक्ता समिति गठन गर्न चिट्ठी पठाउनुपर्ने प्रावधान रहेको छ । तर, वन मन्त्री साह आफै वडा अध्यक्षहरुलाई आर्थिक प्रलोभन देखाएर काम गर्ने गरेको नाम उल्लेख नगर्ने शर्तमा एक वडा अध्यक्षबाट जानकारी प्राप्त भएको विभिन्न सञ्चार माध्यामहरुले बताउदै आएको छ । प्रदेश सरकारको योजनामा परेका चिट्ठी उपभोक्ताले जिल्लास्थित पुर्वाधार बिकास कार्यालयमार्फत पाउनु पर्ने हो । तर, वन मन्त्री साह आफै चिट्ठी बोकेर वडामा आईरहेको सम्बन्धित वडा अध्यक्षहरुले बताएका छन । योजना लिने हो भने पहिले नै कमिशन दिनुपर्यो, अन्यता मन्त्रीले भनेजस्तो उपभोक्ता समिति गठन गर्न आर्थिक प्रलोभन सम्म दिने गरेको वडा अध्यक्षहरुको भनाइ रहेको छ । निवार्चित भएकै दिन मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले ‘म एक रुपैयाँ पनि भ्रष्टाचरी गर्दिन, जनताको पक्षमा अवाज उठाउँछु, मैले भ्रष्टाचार गर्यो भने, मलाई यो क्षेत्रमा जुत्ताको माला लगाएर घुमाउनु’ भन्दै ठुलठुलो भाषण छाँटेका थिए । तर, जनमत पार्टी नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्री बने लगतै साह भ्रष्टाचारमा लिप्त भएको प्रमाण सहितको तथ्यहरु बाहिरिन थालेको छ । यतिमात्र हैन मन्त्री साह नामको लागि उपभोक्ता समिति गठन गरेर योजनाका काम भने आफैले गराइरहेको पुष्टि हुने प्रमाण प्राप्त भएको समेत जनाइएको छ । मन्त्री साहले नै मिर्चैया नगरक्षेत्रभित्र सडक ग्राभेलिङ तथा स्तरवृद्धि कार्यका लागि करोडौं रकम बिनियोजन गराएका छन । सो योजनाको लागि उनले अनाधिकृत रुपमा ग्राभेल उत्खनन् गराएर स्टोक गरी राखेको छ । आफैले केही कामहरु गर्नुपर्ने भएकाले ग्राभेल स्टोक गरी राखेको मन्त्री साहले स्वीकार गरेका छन । उहाले सिरहाको मिर्चैया नगरपालिका ५ स्थित शिला पेट्रोल पम्पको पछाडी भारी मात्रामा अनाधिकृत रुपमा उत्खनन गरिएको ग्राभेल डम्पिङ गरेर राखेका छन ।

