चन्द्रपुर सिटी जेसिसद्वारा भित्तेपात्रो विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

राैतहट १८ बैशाष
रौतहटको चन्द्रनिगाहपुरमा चन्द्रनिगाहपुर सिटी जेसिसको आयोजनामा भित्तेपात्रो विमोचन तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ छ ।  कार्यक्रमको संयोजन विकिच घिमिरेले गर्नुभएको थियो भने अध्यक्षता सन् २०२६ का अध्यक्ष देवराज न्यौपानेले गर्नुभयो ।
कार्यक्रममा क्षेत्र नम्बर ४ का माननीय गणेश पौडेल प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी जिल्ला ट्राफिक कार्यालयका प्रमुख, निर्माण व्यवसायी संघ रौतहटका जिल्ला अध्यक्ष कृष्णदेव यादव लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा चन्द्रनिगाहपुर सिटी जेसिसका पूर्व अध्यक्षहरू, बोर्डका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सन् २०२६ का महासचिव सुशील अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा जेसिसको वार्षिक गतिविधि झल्किने भित्तेपात्रो सार्वजनिक गर्नुका साथै विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रमले जेसिसको सामाजिक तथा नेतृत्व विकाससम्बन्धी भूमिकालाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ ।

ताजा समाचार

Related Articles