नेपाल तामाङ घेदुङ मधेश प्रदेशको अधिबेशन स्थगित

रौतहट २८ चैत्र
नेपाल तामाङ घेदुङ मधेश प्रदेशको २०८१ चैत्र ३० र ३१ गते हुने भनिएको दोस्रो अबिधेशन स्थगित भएको छ । बाराको निजगढमा नेपाल तामाङ घेदुङ मधेश प्रदेशको दोस्रो प्रदेश अधिबेशन गर्ने तयारीमा जुटेको नेपाल तामाङ घेदुङ मधेश प्रदेश कमिटिले प्रदेशमा रहेका विभिन्न जिल्लाहरुको जिल्ला अधिबेशन तथा स्थानिय तहहरुको समेत अधिबेशन हुन बाकी रहेकाले सो जिल्ला र स्थानिय तहहरुका प्रतिनिधिहरुलाई समेट्ने बाटो बन्द रहने भएकाले प्रदेशभरिका आम तामाङ समुदायहरुको प्रतिनिधित्व गराउन बाकी रहेका अधिबेशनहरु सम्पन्न गर्नका लागी चैत्र ३० र ३१ गते तय गरिएको अधिबेशन स्थगित गरिएको नेपाल तामाङ घेदुङ मधेश प्रदेशका अध्यक्ष यमलाल गोलेले तराई पोष्टलाई जानकारी दिनु भयो । प्रदेश कमिटिको २०८१ माघ २८ गते मधेश प्रदेशका ८ ओटै जिल्लाहरुमा चैत्र १५ गतेभित्र सबै तहका अधिबेशन सम्पन्न गर्न परिपत्र गरेको भएतापनि तोकिएको सो समयावधिमा केही जिल्ला तथा स्थानिय घेदुङ कमिटिहरुको अधिबेशन सम्पन्न हुन बाकी रहेकोले चैत्र २४ गते धनुषाको ढल्केवरमा बसेको मधेश प्रदेश सचिवालय बैटकले तयारी पुरा नभएको भन्दै सो अधिबेशन स्थगित गरेको हो ।

प्रदेशका बाकी रहेका अधिबेशनहरु सम्पन्न गरिसकेपछि पुन छलफल र सहकार्यमा अधिबेशनको मिति तय गरिने समेत अध्यक्ष गोलेले तराई पोष्टलाई बताउनु भयो । सिरहा जिल्ला सहित सबै स्थानिय तहहरु , धनुषाका स्थानिय तहहरु र जनकपुरधाम महानगरपालिका , महोतरीका स्थानिय तहहरु र गौशाला नगरपालिका र सर्लाहीका स्थानिय तहहरु इश्वरपुर , लालबन्दि ,वरहथवा नगरपालिका लगायतका घेदुङका अधिबेशनहरु हुन बाकी रहेको नेपाल तामाङ घेदुङ मधेश प्रदेशले जनाएको छ । हालसम्म पर्सा , रौतहट , बारा र सप्तरी जिल्लाहरुले सबै तहका अधिबेशन सम्पन्न गरिसकेको समेत नेपाल तामाङ घेदुङ मधेश प्रदेशका अध्यक्ष यमलाल गोलेले तराई पोष्टसँग बताउनु भयो ।

ताजा समाचार

Related Articles