बागमती खोलामा डुबेर युवकको मृत्यु

  रुपेन्द्र पटेल
रौतहट, २६ चैत । रौतहटको वृन्दावन नगरपालिका–१ स्थित बलेरीको बागमती खोलामा डुबेर एक युवकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका अनुसार, मृत्यु हुनेमा वृन्दावन नगरपालिका वडा नम्बर १ बस्ने तमाङ बस्तीका १८ वर्षीय अर्जुन प्रजा रहेका छन् । बागमती खोलाको उत्खननपछि बनेको खाडलमा जमेको पानीमा डुबेर मंगलबार दिउँसो उनको ज्यान गएको बताइएको छ  । खाडलको औसत गहढाई पाँचदेखि ६ फिट मात्र रहेको देखिन्छ ।
स्थानीयवासीका अनुसार उत्खननपछि बनिएको खाडलमा पानी जमेको थियो र त्यसैमा नुहाउन गएको बेला अर्जुनको डुबेर  मृत्यु भएको हो ।
घटनापछि मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ । हाल घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Related Articles