काठमाडौं , २५ चैत
आम जनता पार्टीका उपमहासचिव उपेन्द्र साहले प्रभु साहको साथ छोडेको सोमबार घोषणा गरेका छन । नेकपा एमालेसँग बिद्रोह गरेर नयाँ पार्टी खोलेका प्रभु साहलाई उहाका सहयात्रीहरूले धमाधम छाडदै जान थालेका हुन । कर प्रणाली र दलीय तन्त्रको बिरोध गर्दै आएका आम जनता पार्टीबाट उहाका महासचिव उपेन्द्र साहले सोमबार सामाजिक सञ्जाल मार्फत साथ छाडेको घोषणा गर्नु भएको छ । ‘राष्ट्रिय अध्यक्ष प्रभु साहसँग भएको लामो सहयात्राको लागि उहाँलाई बिशेष धन्यवाद दिन चाहन्छु, उहाँको पार्टीले प्रगति गरोस् हार्दिक शुभकामना छ’ उहाले सामाजिक सञ्जालवाट राजिनामा बुझाएको जानकारी दिदैँ भनेका छन, ‘आजको मिति देखि म पार्टिको कुनै पनि सांगठनिक जिम्मेवारीमा नरहेको सबैमा जानकारी गराउँदछु । यसअघि साहलाई बरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद न्यौपाने, सांसद किरण साह, प्रदेश सांसद कुन्दन कुशवाह लगायत धेरै नेताले छोडि सकेका छन ।

