राैतहटकाे चन्द्रनिगाहपुरमा जिल्ला स्तरीय २५६९ औं बुद्व जयन्ती मनाउने

राैतहट २३ चैत्र
राैतहटकाे चन्द्रनिगाहपुरमा यस बर्षकाे २५६९ औं बुद्व जयन्ती  भब्यताका साथ मनाउने भएकाे छ । शनिबार राैतहटकाे चन्द्रपुर-४ स्थित सेडुप फेन्दे लाेप्लिङ गुम्बा टेकानमा बसेकाे बैठकले आगामी २०८२ बैशाख २९ गते हुने २५६९ औं बुद्ध जयन्तीलाई संस्थागत व्यानरमा लामा गुरु, विभिन्न जातीय सँस्कृती झल्किने भेषभुषा सहितको झाँकी -यालीका साथ रौतहट जिल्ला स्तरीय समारोह कार्यक्रम चन्द्रनिगाहपुर बजार क्षेत्र परिक्रमा गर्दै चन्द्रपुर न.पा. वडा नम्बर ४ मा अवस्थित सेडुप फेन्दे लोप्लिङ गुम्बाको प्राङ्गणमा सामुहिक पूजापाठ र धर्म गुरुज्युबाट भगवान बुद्धको महावाणी सहितको धार्मिक प्रवचन सहित बिहानको ठीक ११:०० बजेसम्ममा उक्त सम्पूर्ण कार्यक्रम समापन गर्ने निर्णय गरेकाे छ । त्यसपश्चात स्थानिय गाउँ टाेलमा भएका आ-आफ्नो गुम्बाहरुमा पूजापाठ गर्ने निर्णय गरिएकाे मुल आयाेजक समितिका सह अध्यक्ष शेर बहादुर दर्लामी मगरले तराई पाेष्टलाई बताउनु भयाे । साे कार्यक्रमलाई सफल बनाउन  विभिन्न उपसमितिहरु पनि गठन गरिएको उहाले जानकारी दिनु भयाे ।


२५६९ औं बुद्ध जयन्ती मुल समारोह समितिको प्रथम बैठक समारोह समितिका सह-अध्यक्ष शेरबहादुर दर्लामी मगरको अध्यक्षता एवम बौद्ध धर्मगुरु भिक्षु मेधंकर स्थवीरको विशेष उपस्थितिमा साे भेला सम्पन्न भएकाे बाल कुमार लामाले बताउनु भयाे ।

ताजा समाचार

Related Articles