राैतहटमा कुटपिटबाट एक बृद्वकाे मृत्यु , दाेषी फरार

राैतहट २३ चैत्र
राैतहटमा कुटपिटबाट एक बृद्वकाे मृत्यु भएकाे छ । राैतहटकाे पराेहा नगरपालिकाकाे वडा नम्बर २ का बर्ष ६५ का शेख मतीनकाे स्थानियकाे कुटपिटबाट मृत्यु भएकाे पारिवारिक स्राेत जनाएकाे छ । स्थानियकाे कुटपिटबाट गम्भीर घाइते हुनु भएका शेख मतीनकाे उपचारका लागि काठमाडौ लैजाने क्रममा बाटाेमा नै मृत्यु भएकाे बताइएकाे छ । आफ्न‌ै गाउमा अनियन्त्रित रुपमा माेटरसाइकल चलाउदा शेख मतीनले बिस्तारै माेटरसाइकल चलाउन भनेपछि सामान्य वादविवाद उत्पन्न भएकाे थियाे । साेही क्रममा उत्पन्न विवादले उनीमाथी निर्घात कुटपिट गरेका थिए । साे घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी दिपककुमार रायले जानकारी दिनु भएकाे छ । मतिनलाई कुटपिट गर्ने व्यक्तिहरु फरार रहेको हुँदा उनीहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्उालय राैतहटले जनाएकाे छ ।स्थानिय पराेहा नगरपालिकाकाे वडा नम्वर १ का फजले हक, मोहम्मद जाविर, शेख सकिल, मासुम, शेख नथुनी र रोज मोहम्मदले मिलेर मृतक मतिनलाई कुटपिट गरिएको प्रत्यक्षदर्शीले बताएका छन । उपचारमा संलग्न चिकित्सकको सल्लाहमा मृतक मतिनलाई थप उपचारका लागि काठमाण्डौ लैजाने क्रंममा बाटो मै मृत्युु भएकाे जनाएकाे छ । सोही घटनामा मृतकको छोरा मोजरे आलम र श्रीमती जुबैदा खातुन पनि घाइते भएका थिए । उनिहरुको उपचार चन्द्रनिगाहपुरमा भईरहेको प्रहरीले बताउनुउनु भयाे

ताजा समाचार

Related Articles