काठमाडौ २२ चैत्र
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामा पर्ने भएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो । यसअघि रूपन्देही जिल्ला अदालतले रविलाई रू १ करोड धरौटीमा रिहा गर्न गरेको आदेश बिरूद्ध जिल्ला सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको थियो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उक्त पुनरावेदनमा सुनुवाई गर्दै जिल्ला अदालतको आदेश बदर गरी थुनामा पठाउने आदेश गरेको हो ।

