रौतहट २२ चैत्र
रौतहटमा दिगो वन ब्यबस्थापन कार्यक्रम लागु हुने भएको छ । रौतहटको ३ ओटा सामुदायिक वन उपभोक्ता समुहमा सो कार्यक्रम लागु हुने डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहले बताउनु भयो । शुक्रबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित दिगो वन ब्यबस्थापन तथा सर्म्बधन प्रणाली कार्वान्यन सुदृढिकरण तथा एवंं गोष्ठी कार्यक्रममा डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहले उक्त जानकारी दिनु भएको हो । रौतहटको हातेमालो सामुदायिक वन उपभोक्ता समुह चन्द्रपुर—४ , तिलेश्वर सामुदायिक वन उपभोक्ता समुह चन्द्रपुर— ३ गैडाटार र भोर्लेनी सामुदायिक वन उपभोक्ता समुह चन्द्रपुर—३ मा दिगो वन ब्यबस्थाप कार्यक्रम लागु गरिने डिभिजन वन प्रमुख साहले जानकारी दिनु भयो । सोही कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी बिनोद खडकाले वन क्षेत्रको सहि सदुपयोग गर्न सके फाइदा नै फाइदा हुने बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी खडकाले बिरुवामा पानी हालेर उदघाटन गर्नु हुदै वन क्षेत्र गरिब तथा बिपन्न वर्गका नागरिकहरुले समेत सहज रुपमा सेवा सुबिधा पाउने काम गर्नु पर्ने धारणा बताउनु भएको छ । उक्त कार्यक्रममा सप्तरीको तिलाठी कोइलाठी गाउपालिकाकी उपाध्यक्ष फुल कुमारी साह,प्रशिक्षक राजेश राई,रंगपुर साझेदारी वन ब्यबस्थापन समितिका अध्यक्ष अशोक यादब,रामलाल बृन्दावन साझेदारी वन ब्यबस्थापन समितिका अध्यक्ष शंकर राय,तिलेश्वर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष राजु धामी,हातेमालो सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष रामलाल ठोकर लगायतको उपस्थीती रहेको थियो । यसैगरी सोही तालिममा रौतहटका ३ वटै साझेदारी वन ब्यबस्थापन समितिका पदाधिकारीहरु, बिभिन्न सामुदायिक वनका पदाधिकारीहरु,डिभिजन वन कार्यालय रौतहटका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

