बाराको सिगौलमा वडा मार्फत स्थानियलाई तरकारीका बिउबिजन वितरण

बसन्त लामा
बारा २१ चैत्र
बाराको निजगढ नगरपालिकाको वडा नम्बर १ मा विहिबार विभिन्न तरकारीको बीउबिजन वितरण गरिएको छ । स्थानियलाई करेसाबारीमा लगाउने विभिन्न तरकारीका बीउबिजन सिंगौल वडा नम्बर १ का स्थानीयलाइ वितरण गरेको सोही वडाका वडा अध्यक्ष मंगले लोप्चनले बताउनु भयो । स्थानियलाई फसीर्, लौका ,काँक्रो , घिरौला, भिन्डी, बोडि , करेला लगायतका तरकारीका बीउ वितरण गरिएको अध्यक्ष लोप्चनले जानकारी दिनु भयो । बाराको सिंगौल आसपासको हाट बजारमा दिनप्रतिदिन तरकारीको मूल्य आकासिदै गइरहेकोले केहि मात्रामा स्थानीयलाइ सहजताका लागी तरकारीको बीउ वितरण गरिएको वडा नम्बर १ को वडा अध्यक्ष मगले लोप्चन बताउनु भएको छ । बजारमा हरियो तरकारीको मूल्य आकासिदै गएको र सिंगौलका स्थानीयको आफ्नो करेसाबारी बाझै राखेर बजार मुखी हुदै गइरहेकोले करेसाबारीमा तरकारी फलाउन बार्षिक बजेट नै बिनियोजन गरेर तरकारीको बीउ वितरण गरिएको अध्यक्ष लोप्चनको भनाइ रहेको छ । त्यस्तै गरि केहि दिन अगाडी पनि निजगढ नगरपालिकाको वडा नम्बर ३ ले सिंगौल वडा नम्बर ३ को स्थानीयलाइ चालु आर्थिक वर्ष २०८१ /८२ को विनियोजित बजेट बिनियोजन गरेर तरकारीको बीउ वितरण गरिएको थियो ।

ताजा समाचार

Related Articles