रौतहटको जिगडियामा १ करोड ३८ लाखको लागतमा मस्जिद निर्माण हुने

रौतहट २० चैत्र
रौतटहमा मस्जित निर्माण हुने भएको छ । रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर ८ जिगडियामा सो मस्जिद निर्माण हुने भएको छ । मंगलबार गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाल जयसवालले सो मस्जिद निर्माण गर्नका लागी शिलान्यास कार्यक्रम सम्पन्न गर्नु भएको छ । १ करोड ३८ लाखको लागतमा सो मस्जिद निर्माण हुने नगर प्रमुख जयसवालले तराइ पोष्टलाई जानकारी दिनु भयो । “मस्जिद भवन निर्माणले मुस्लिम समुदायको धार्मिक तथा सांस्कृतिक गतिविधिहरूको सहजताका लागि महत्वपूर्ण साबित हुने नगर प्रमुख जयसवालले बताउनु भयो । हिन्दु होस् या मुस्लिम समुदाय गरुडा नगरपालिकामा कसैलाई उपेक्षित हुन नदिइने ,सबै समुदाय समान रुपमा आफुले हेरेका , सबैको हक बराबर रहेको र विकासको अधिकार सबैको भएको समेत उहाले बताउनु भयो । धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, र समुचित विकासको आधारमा मात्रै एक समृद्ध नगर निर्माण सम्भव रहने बताउनु हुदै मुस्लिम समुदायको मागलाई सम्बोधन गर्न मस्जिद निर्माण कार्य अगाडी बढाएको जयसबालको भनाई रहेको थियो । ईदको समय मै मुस्लिम समुदायको मागलाई सम्बोधन गरेको जयसवाल मस्जिद जस्तो पबित्र उपहार स्थलको रुपमा मस्जिद निर्माण हुनु निकै खुसीको कुरा रहेको स्थानीय कौशर खान मिथिलाले जयसवालको खुलेर प्रशंसा गर्नु भयो । सो कार्यक्रममा गरुडा नगरपालिकाको प्रबुद्ध बर्ग ,मुस्लिम समाजका अगुवा र जनप्रतिनिधि लगायत स्थानीयको सहभागिता रहेको थियो ।

ताजा समाचार

Related Articles