रौतहट २० चैत्र
रौतहटबाट काठमाडौ जादै गरेको एक जिप मकवानपुरमा दुर्घटना भएको छ । रौतहटको ईशनाथ नगरपालिकाको वडा नम्बर ८ मनसरी गाउबाट काठमाडौको लागी छुटेको ना १ ज ५४८५ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ । रौतहटबाट काठमाडौका लागी जादै गरेको सो सुमो मकवानपुरको इन्द्रसरोवर गाउपालिकाको वडा नम्बर २ बतासेमा दुर्घटनामा परेको मकवानपुर प्रहरीले जनाएको छ । सो दुर्घटनामा परि १० जना घाइते भएका छन । इन्द्रसरोवर गाउँपालिका–२ बतासेस्थित भीमफेदी–कुलेखानी–सिस्नेरी काठमाडौं सडक खण्डमा बुधबार दिउँसो जिप ब्रेक फेल भएर सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको प्रहरीको भनाई रहेको छ । दुर्घटनामा परी ३ यात्रु भने गम्भीर घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनु भयो । दुर्घटनामा परेका मध्ये १ जना को अवस्था मध्यम, ५ जना घाइतेको अवस्था सामान्य रहेको घटनाबारे जानकारी दिनु हुदै डिएसपी अर्यालले बताउनु भयो । घाइतेहरुलाई उपचारका लागि काठमाडौं पठाइएको र घाइतेहरूको पहिचान हुन बाँकी रहेको उहाले जानकारी दिनु भयो । सो जिपका चालक प्रहरी चौकी खानीखेतको सम्पर्कमा रहेको अर्यालले बताउनु भयो ।

