रौतहट १५ चैत्र
रौतहटमा २५६९ औं बुद्ध जयन्ती भब्य रुपमा मनाउने भएको छ । शनिबार रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ मंगलपुरको टासि लिङ गुम्बामा बसेको बैठकमा बुद्ध जयन्ती आयोजक समिति समेत गठन गरेको छ । चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ मंगलपुर टासी लिङ गुम्बाका धर्म गुरु भिक्षु मेधंकर स्थविरको सहभागीतामा सो समिति गठन गरेको छ । २५६९ औं बुद्ध जयन्ती अगामी २०८२ बैशाष २९ गतेका बौद्ध मार्गीहरुले बुद्ध विश्वभरी बुद्ध जयन्ती मनाउदै छन । सो दिन रौतहटमा पनि भब्य रुपमा बुद्ध जयन्ती मनाउन धम्मानुशाषक भिक्षु मेधंकर स्थविर (धर्म गुरु) सहित बिरध्वज वाईबा तामाङ नेपाल तामाङ घेदुङ रौतहटको तर्फबाट अध्यक्षसहित , सह–अध्यक्ष शेर बहादुर थापा मगर नेपाल मगर संघ रौतहटको तर्फबाट , महासचिव बालकुमार रुम्बा तामाङ नेपाल आदिवासी जनजाति महासंघ रौतहटको तर्फबाट ,सचिव हर्क बहादुर मोक्तान तामाङ जिल्ला स्थित रहेका गुम्बा/विहारहरुको तर्फबाट , कोषाध्यक्ष वीर बहादुर रखाल मगर , बुद्धिजीवी एवम समाजसेवीको तर्फबाट र सदस्यहरु नेपाल मगर संघ र नेपाल तामाङ घेदुङका जिल्ला कार्य समिति रौतहटका सदस्यहरु, सल्लाहकारहरु, जिल्ला मातहतका स्थानीय समिति/इकाई समितिका सम्पूर्ण पदाधिकारी एवम सदस्यहरु, जिल्ला स्थित रहेका गुम्बा/विहारका व्यवस्थापन समितिका पदाधिकारी एवम सदस्यज्युहरु लगायत अन्य बुद्ध धर्मसङ्ग सम्बन्धित संघ/संस्थाहरु रहने गरी आयोजक समिति गठन गरेको नेपाल तामाङ घेदुङ रौतहटले जनाएको छ ।

