रौतहटमा पत्रकार रजकको हत्याबिरुद्ध बिरोध

रौतहट १५ चैत्र
शनिबार नेपाल पत्रकार महासंघ रौतहटले पत्रकार रजकको हत्या गरेको घटनाको घोर निन्दासहित गौरमा बिरोध गरेको छ । शुक्रबार राजधानी काठमाडौको तिन कुनेमा राजाबादीको प्रदर्शनमा रिपोर्टिङको लागि गएका पत्रकार सुरेश रजकको प्रहरी उपस्थिती मै निर्मम हत्या गरिएको आरोप लगाउदै घटनाको घोर निन्दा र भर्चना गर्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाले शनिवार सदरमुकाम गौरमा बिरोध कार्यक्रमको गरेको छ । सो घटनाको राज्यले गम्भीरताका साथ सत्य तथ्य पता लगाई दोषि उपर कडा कारबाहीको माग समेत गरेको छ । रिपोर्टिङको लागि एक घर भित्र रहेका पत्रकार रजकको शब जलेको अवस्थामा फेला परेको थियो । प्रहरी प्रशासनको बेवास्ताका कारण एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको ज्यान गएको टेलिभिजनका अध्यक्ष भाष्करराज कर्नीकारको आरोप लगाउनु भएको छ । सो बिरोध कार्यक्रममा रौतहट शाखाको सचिब गौतम श्रेष्ठले ,स– सचिब दिनेश संगम ,कोषाध्यक्ष संजय सहनी ,पुर्व अध्यक्ष रबिन्द्र साह ,प्रदेश सदस्य शैलेन्द्र झा सहित दर्जनौं पत्रकारहरुले मैनबती प्रज्जवलन गरि मृतक पत्रकार रजकप्रती हार्दिक श्रदान्जली ब्यक्त गरेका थिए ।

ताजा समाचार

Related Articles