बारा १५ चैत्र
वसन्त लामा सिंगाैल
बाराकाे सिगाैलमा शुक्रबार स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न भएकाे छ । बाराकाे निजगढ नगरपालिकाको वडा नम्बर २ मा रहेकाे लोकप्रिय आधारभूत बिद्यालयमा साे एकदिने विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न भएकाे निजगढ नगरपालिकाका नगर उपप्रमुख साेम माया थिङले बताउनु भयाे । कार्यक्रम निजगढ नगरकार्यपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन गरेकाे थिङले बताउनु भयाे । साे विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम शुक्रबार बिहान १० बजे बाट ४ बजे सम्म सञ्तालन भएकाे थियाे । साे कार्यक्रमबाट १५४ जना स्थानीय ले सेवा लिएका थिए । निजगढ नगर कार्यपालिकाको स्वास्थ्य शाखाले याे कार्यक्रम निजगढ र हिजो रतनपुर सम्पन्न गरि शुक्रबार अन्तिम दिन सिगौलमा सञ्चालन गरेकाे हाे ।



मानसिक रोगलाइ निवारण कसरि गर्ने र साे राेगबाट बच्न प्रभाकारी कसरी बनाउन सकिन्छ भन्ने बिषयमा जानकारी गराउन यश किसिमका कार्यक्रमहरु सञ्चालनमा ल्याउनु पर्ने निजगढ नगरपालिकाको उप मेयर सोममाया थिङ्काे भनाई रहेकाे छ । शुक्रबार भएको स्वास्थ्य सेवा कार्यक्रमा विषेश गरी क्षयरोगलाइ लक्षित गरि कार्यक्रमको आयोजना गरिएको निजगढ कार्यपालिका स्वास्थ्य शाखाले जनाएको छ सिंगौलमा पहिलो पटक एक्सरे मिसिन सहित स्वास्थ्य कार्यक्रम सञ्चालन गरेकाेमा स्थानीयले सेवाग्राहीले खुशी व्यक्त गरेका छन | सो कार्यक्रममा निजगढ नगराकार्यपालिका स्वास्थ्या शाखाको कर्मचारी र सिंगौलमा रहेको स्वास्थ्यसँग आबद्ध रहेको कर्मचारीले सेवा प्रवाह गरेका थिए |

