दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौ १४ चैत्र
राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ । मायाको पहिचान नेपालका तर्फबाट उजुरी आएको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले जानकारी दिनु भएको छ । पराईविरुद्ध आज उजुरी आएको अवस्थीले बताउनुभयो । सोही उजुरीको आधारमा कानुनी प्रक्रिया अघि बढाउने एसपी अवस्थीले जानकारी दिनु भयो । मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले प्रसाईंविरुद्ध उजुरी दिएको बताइएको छ । प्रसाईंले यौनिक तथा अल्पसंख्यक समुदायलक्षित घृणा फैलाउने अभिव्यक्ति दिएको उजुरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ । आजै प्रसाईंकै कमान्डमा भएको राजावादीहरूको प्रदर्शनमा तोडफोड र आगजनी भएको छ । प्रदर्शन उग्र भएपछि प्रशासनले कर्फ्यु लगाएको छ ।

ताजा समाचार

Related Articles