रौटहतमा २१ जना फरार प्रतिवादीहरु प्रहरीको नियन्त्रणमा

रौटहत, १५  चैत । रौटहतमा फेरी २१ जना फरार प्रतिवादीहरु प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएका हुन् । चैत १४ गते अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको विभिन्न मुद्दाका २१ जना फरार प्रतिवादीहरुलाई पक्राउ प्रहरीले जनाए ।

जिल्ला कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले खोज तलास तथा पक्राउ गरी आवश्यक कार्यवाहीको लागि सम्मानित रौतहट जिल्ला अदालतमा पठाईएको प्रहरीले सुचना मार्फत जर्नाका हुन् । पक्राउ परेको मानिसहरुको अपराध शिर्षक, कैद तथा जरिवाना यस प्रकार रहेको हो ।

पक्राउ परेका अपराधीहरु शेख राज महमद, मनिरा खातुन, अमिरखा देवी तथा गनेश साह कानु यि अपराधीहरु कुटपिट जस्ता अपराध गरेका प्रहरीले जानकारी गराएका हुन् । उनीहरुको जरिवाना शुल्क रु.२०, रु. ५० र रु. ३१ रहेको प्रहरीले जनाएका हुन् ।
त्यस्तै अर्का अपराधीहरु भोला पासवान, गणेश राय यादव, सुकदेव राय यादव र महमद अनुप रहेका छन् । यि अपराधीहरु जालसाजी अपराध गरेका छन् । जरिवाना शुल्क रु. ६७, रु. १० र रु.२००/२०० रहेको प्रहरीले बताए । घरेलु हिंसा जस्ता अपराध गरेको अपराधी रूपेश महता रहेको प्रहरीले जानकारी गराएका हुन् ।

उसलाइ तिर्नु पर्ने जरिवाना शुल्क रु. ३००० रहेको हो । त्यसैगरी अर्का दुइ जना अपराधीले किर्ते जस्ता अपराध गरेका छन् । उनीहरु शेख उल्लाह तथा मोनिका शेखिन रहेकी छिन् । जरिवाना शुल्क रु.५/५ रहेको प्रहरीले बताएका हुन् ।

रामअश्रे रायले किर्ते मुद्दा जस्ता अपराध गरेको प्रहरीले बताए उसको जरिवाना शुल्क रु. ५० रहेको हो । ब्रहमदेव कुमरले वन मुद्दा अपराध गरेको हो । उसको जरिवाना शुल्क रु. ५१२५ रहेको प्रहरीले जनाएका हुन् ।
मुदसिर हुसेन सिद्दिकी तथा बन्दना मिश्राले चेक अनादर जस्ता अपराध गरेका छन् ।

उनीहरुको जरिवाना शुल्क रु. १५०० तथा १००० रहेको प्रहरीले निकालेको विज्ञप्तीमा उल्लेख रहेको हो । अर्का तिन जना अपराधीहरु राम बिजय सहनी, निलम देवी र गणेश राय यादव यिनिहरु अभद्र व्यवहार, सम्बन्ध बिच्छेद तथा लुटपिट जस्ता अपराध गरेका छन् । जरिवाना शुल्क रु. ७३००, २५ तथा २३४० रहेको प्रहरीले बताएका हुन् ।
अन्मि तिन जना अपराधी मैरूदिन, छविलाल चौधरी तथा मिर मुस्तुफा रहेका छन् । यिनिहरुले लेनदेन बिगो र सवारी ज्यान जस्ता अपराध गरेका छन् ।

यिनिहरुको जरिवाना शुल्क नराखी यिनिहरुलाइ कैद सजाए तोकिएको हो । कैद अवधि २ बर्ष, ६ महिना र १ महिना रहेको प्रवक्ता तथा सूचना अधिकारी  प्रहरी नायव उपरीषक दिपक कुमार रायले विशेष जानकारी गराएका हुन् ।

ताजा समाचार

Related Articles