राैतहटमा आगलागी , लाखाैकाे क्षति

राैतहट १५ चैत । राैतहटमा शुक्रबार आगलागी भएकाे छ । रौतहटको गरुडा नगरपालिकाकाे वडा नम्बर ४ गरुडामा शुक्रबार आगलागी हुदा ७ घर जलेर नष्ट भएकाे स्गानियले जनाएका छन । साे घरमा भएकाे भएकाे २ ओटा ग्याँस सिलिण्डर समेत विष्फोट भएको उनीहरुले बताएका छन । गरुडास्थित तरकारी बजारमा रहेको ७ वटा फुस्को घरमा शुक्रबार बिहान ९ बजे भीषण आगलागी हुँदा लाखौंको क्षती भएको छ । खाना पकाउने क्रममा सुरु भएको आगलागीबाट सात वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन । आगलागीबाट करिब १३ लाख २० हजार बराबरको सम्पति क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गरुडा नगरपालिकाकाे वडा नम्बर ८ जिगडियाका शेख कमाउद्दिनले सञ्चालन गरेको मासु पसलमा १ लाख, जयमंगल चौधरीको फुसको खाजा पसलमा दुई लाख, राजेन्द्र साहको फुसको पसल, सुजितकुमार चौधरीको खाजा पसलमा ३ लाख ५० हजार, गरुडा नपा ४ का नेवालाल चौरसियाको किराना पसलमा ३ लाख, कृष्ण दासको कपडा पसलमा ५० हजार र कटहरिया नपा ९ डुमरियाका सत्येन्द्र ठाकुरको फलामको पसलमा ३ लाख गरेर १३ लाख २० हजार मूल्य बराबरको क्षति भएको प्रारम्भिक रिपोर्ट प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी दीपक कुमार रायले बताउनु भयाे । आगो लाग्ना साथ इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको कमान्डमा खटिएका प्रहरी टोली र स्थानीय बासिन्दाहरू आगो निभाउन प्रयास गरिए पनि उक्त पसलभित्र रहेका ग्यास सिलिण्डर पड्केर आगो नियन्त्रणमा भन्दा बाहिर गएपछि गौर नगरपालिकाबाट गएको बारुण यन्त्रको मद्दतबाट आगोलाई नियन्त्रण गरिएको डीएसपी रायले बताउनु भयाे ।

ताजा समाचार

Related Articles