काठमाडौं १४ चैत्र
एएफसी महिला एसियन कप २०२६ छनोटको समूह अन्तर्गत नेपाल ‘एफ’ समुहमा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार समूह ‘एफ’ मा नेपालसँगै उज्वेकिस्तान, लाओस र श्रीलंका परेको छ । यो समूहका सबै खेलहरु उज्वेकिस्तानमा हुने छ । छनोटका खेलहरू जुन २३ देखि जुलाई ५ सम्म हुने जनाइएको छ । छनोट चरणमा ३४ टोली प्रतिस्पर्धा गर्ने जनाइएको छ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गर्दा नेपाल समुह एफमा परेको हो । दुई समूहमा पाँच र ६ समूहमा चार टोली रहेका छन् । प्रत्येक समूहका विजेताले एसिया कपमा स्थान बनाउने छन ।

