रौतहट १३ चैत्र
रौतहटमा अबैध समानसहित अटो रिक्सा टेम्पो प्रहरीले पक्राउ गरेको छ । विहिबार रौतहटको गौर नगरपालिकाको वडा नम्बर १ मा सवारी चेकजाच गर्ने क्रममा भारतबाट नेपाल भन्सार छली ल्याउदै गरेको अबैध समान बोकेको अटो रिक्सा टेम्पो प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले तराई पोष्टलाई जानकारी दिएको छ । भारतबाट अबैध रूपमा भन्सार छली गरि नेपाल भित्र्याउने क्रममा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले १२ हजारको किराना समान सहित ३ लाख बराबरको द्यच्ण्छएम्टछण्घ नम्बरको अटो रिक्सा टेम्पो पक्राउ गरेको जनाएको छ । पक्राउ परेको अबैध किराना समानहरुसहित अटो रिक्सा टेम्पोलाइ थप कार्यवाहीको लागि भन्सार बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

