काठमाडौं , १२ चैत्र
नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन । आफूलाई सरकारले गैरकानुनी रुपमा पदमुक्त गरेको दाबीसहित घिसिङले बुधबार सर्वोच्चमा अदालतमा रिट दर्ता गराउनु भएको जनाइएको छ । घिसिङले आफूलाई पदमुक्त गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय बदर गर्न माग गर्नु भएको छ । घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले बर्खास्त गरेको थियो । केपी शर्मा ओली नेतृत्वको सरकारले बदनियत राखेर आफूमाथि पटक–पटक स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको उहाले निवेदनमा दाबी गर्नु भएको छ । कुलमानलाई बर्खास्त गरेर सरकारले हितेन्द्र देव शाक्यलाई विद्युत प्राधिकरणको प्रवन्ध निर्देशक नियुक्त गरेको थियो । शाक्यले आफ्नो पदभार ग्रहण गरिसकेका छन । कुलमानलाई गैरकानुनी रुपमा बर्खास्त गरेको भन्दै विपक्षी पार्टी माओवादीसहितले प्रतिनिधि र राष्ट्रिय सभा बैठक अवरुद्ध गरेका छन ।

