सरसफाई कर्मचारीको तलब नपाए टुकुचामा गाड्छु : बालेन

काठमाडौ १० चैत्र
काठमाडौ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहले महानगरका कर्मचारीहरुको तलब नपाएको भन्दै आक्रोस ब्यक्त गरेका छन । सोमबार राती बालेनले महानगरका सरसफाई कर्मचारीहरुको तलब सरकारको दम्भले नपाएका भन्दै एक हप्ताभित्र नपाए सबैलाई टुकुचामा गाडी दिने धम्कि दिएका छन । काठमाडौ महानगरपालिकाको सरसफाई कर्मचारीहरुको विगत ३ महिनादेखिको तलब पाको छैन , सरकारको दम्भले , को कोले केके आन्दोलन गर्ने हो मलाई थाहा छैन , अबको एक हप्ताभित्र हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु । त्यसपछि हेरौला तिमिहरुको केके तन्त्र हो । उनले लेखेका छन । मेयर बालेनको यो भनाईलाई धेरैले समर्थन गरेका छन भने केहीले बिरोध गर्ने शैलीमा राम्रो नभएको प्रतिक्रिया दिएका छन । एक स्थानिय सरकार प्रमुखले यसरी गुन्डा शैलीमा धम्कि दिएर बिरोध गर्नु गलत भएको केहीले टिप्पणी गरेका छन ।

ताजा समाचार

Related Articles