रौतहटमा तस्करले छाडेर भागेको सालको काठ बरामद

रौतहट २२ साउन
रौतहटको गुजरा नगरपालिकाबाट अवैध रूपमा ओसारपसार हुँदै गरेको साल जातको काठ वन गस्ती टोलीले बरामद गरेको छ । आज बिहान करिब ३ बजे चोचा सव–डिभिजन वन कार्यालयबाट खटिएको गस्ती टोलीले गुजरा नगरपालिका–२ स्थित मैढा क्षेत्रमा गस्ती गर्ने क्रममा तस्करहरूले साइकलमा साल जातको एक थान गोलिया काठ ल्याइरहेको अवस्थामा फेला पारेको थियो । गस्ती टोलीलाई देख्नासाथ तस्करहरू काठ र साइकल छाडेर फरार भएका थिए । बरामद गरिएको सालको गोलिया काठ ६ दशमलव ९६ क्युबिक फिट रहेको वन कार्यालयले जनाएको छ । बरामद काठ र साइकललाई आवश्यक कारबाहीका लागि चोचा सव–डिभिजन वन कार्यालयमा लगिएको छ । घटनामा संलग्न तस्करहरूको खोजी कार्य जारी रहेको वन कार्यालयले जनाएको छ ।

ताजा समाचार

Related Articles