राैतहट गौरमा निःशुल्क एन्टी–रेबिज खोप शिविर सञ्चालन

रौतहट २३ साउन
गौर नगरपालिकामा कुकुरबाट सर्न सक्ने घातक रेबिज रोगको रोकथाम तथा नियन्त्रणका लागि निःशुल्क एन्टी–रेबिज खोप शिविर सञ्चालन गरिएको छ । सामाजिक अभियन्ता सन्तोष पौडेलको प्रायोजन तथा डा. सुभाष एनिमल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., गौरको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो । शिविरमा घरपालुवा तथा सामुदायिक कुकुरलाई निःशुल्क एन्टी–रेबिज खोप लगाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ । रेबिज रोगको संक्रमण फैलिन नदिन कुकुरलाई समयमै खोप लगाउनुका साथै पशुपालक तथा सर्वसाधारणलाई रेबिजसम्बन्धी आवश्यक जानकारी र सचेतना प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । रेबिज मानिस तथा पशु दुवैका लागि घातक रोग भएकाले कुकुरलाई नियमित रूपमा खोप लगाउनुपर्ने चिकित्सकहरूले सुझाव दिएका छन् । विशेषगरी सामुदायिक कुकुरको संख्या बढी रहेका क्षेत्रमा यस्ता खोप शिविरले रेबिज नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
आयोजकले घरपालुवा कुकुरका साथै समुदायमा रहेका कुकुरलाई समेत खोप लगाउन स्थानीयवासीलाई आग्रह गरेको छ । शिविरले पशु स्वास्थ्यसँगै मानव स्वास्थ्य सुरक्षामा समेत सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

ताजा समाचार

Related Articles