राैतहटकाे चन्द्रपुर चिसापानीमा आगलागी , गाेठ जलेर नष्ट

राैतहट ३ चैत्र
राैतहटकाे चिसापानीमा साेमबार आगलागी भएकाे छ । राैतहटकाे उत्तरी क्षेत्र चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ३ गैडाटारकाे पहाडीफेदी चिसापानीमा एक घर गाेठमा आगलागी भएकाे स्थानियले तराई पाेष्टलाई जानकारी दिएकाे छ । चिसापानीका आइते सिँ जिम्बाकाे घर गाेठमा आगलागी हुदा गाेठ जलेर नष्ट भएकाे पिडित जिम्बाले बताउनु भयाे । दिउसाे आगलागी भएका कारण पशुचाैपायामा कुन‌ै क्षति नभएकाे तर गाेठमा रहेकाे सम्पुर्ण सामानहरु जलेर नष्ट भएकाे जिम्बाले बताउनु भयाे । चन्द्रपुर नगरपालिकाबाट ६/७ किलाेमिटर टाढा आगलागी भएकाले समयमा वारुण यन्त्र समयमा नै उपलब्ध नहुदा गाेठ जलेर पुरै नष्ट भएकाे स्थानियकाे भनाई रहेकाे छ । अब गर्मी र हावाहुरीकाे समय शुरु भएकाले आगलागीकाे घटनाबाट बच्न सचेत रहनु पर्ने प्रहरीले सुझाव दिएकाे छ ।

ताजा समाचार

Related Articles