राैतहट १ चैत्र
राैतहटमा शनिबार बेवारिसे शव फेला परेकाे छ । राैतहटकाे चन्द्रपुर नगरपालपकाकाे वडा नम्बर ७ बनबाेहरीकाे आँप खाेलामा शनिबार बिहान अन्दाजी ११:३० बजे अन्दाजी ३६ बर्ष जस्ताे देखिने एक युवककाे मृत अबस्थामा शव फेला परेकाे ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएकाे छ । स्थानियले साे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । साे खबर प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर मातहतकाे प्रहरी चाैकी बनबहुअरी र ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरबाट प्रहरी निरक्षक साजन कुमार शर्माकाे कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटीएका थिए । साे प्रहरी टाेलीले प्रारम्भीक अनुसन्धानका कार्य गरी प्रादेशिक अस्पताल गौर, रौतहटमा शव परिक्षणको लागि पठाईएको जनाएकाे छ । हालसम्म पनि मृतकको सनाखत नभएकोले निजलाई चिन्नुहुने महानुभावहरूले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको मो.नं ९८५५०९०१६६ र ९८५५०१५२१३ मा सम्पर्क गर्न सकेत प्रहरीले अनुराेध गरेकाे छ । मृतककाे शवकाे हुलिया वर्ण गहु गोरो,उचाई ५.५ फिट, कालो छोटो कपाल,कालो जिन्स पाईन्ट र कालो भेष्ट लगाएको,तराई मुलुक जस्तो देखिने हातमा रातो धागो बाधेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएकाे छ ।

