राैतहट ३० फाल्गुन
राैतहटमा हाेली पर्व मनाउने क्रममा ३ जनाकाे घाइते भएकाे छ । राैतहटकाे गरुडा नगरपालिकाकाे वडा नम्बर १ जयनगरमा हाेली खेल्दै माेटरसाइकलमा सवार ३ जनाकाे माेटरसाइकल एक आपसमा ठाेकिदा उनीहरुमध्येका २ जना गम्भीर घाइते र १ जना समान्य घाइते भएकाे प्रहरीले जनाएकमे छ । हाेली पर्व मनाउने क्रममा तिब्र गतिमा माेटरसाइकल चलाउदा अनियन्त्रित भई एक आपसमा २ माेटरसाइकल ठाेकिएकाे थियाे । राैतहटकाे दिपहीबाट जयनगरतर्फ आउँदै गरेको बा ३३ प २७११ नम्बरको मोटरसाइकल जयनगरबाट दिपही तर्फ जादै गरेको बि आर ३० एन ७२२६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ । घाइतेहरु मध्ये देवाहीगोनाही नगरपालिका ६ बस्ने अनिल पटेलको गर्दनमा चोट लागेको छ भने विनय कुमार यादवको टाउकोमा चोट लागेको छ । त्यसैगरी परोहा नगरपालिका ४ बस्ने ४० बर्षका जितेन्द्र राय यादव टाउकोमा गहिरो चोट लागेको छ । प्रहरीका अनुसार उनीहरुले मापसे गरेर सवारी चलाएको पाइएको छ । घाइतेहरुको गरुडास्थित सन्जीवनी अस्पतालमा उपचार भईरहेकाे बताइएकाे छ ।

