युएई दूतावासमा श्रमिक सचेतमूलक कार्यक्रम सञ्चालन

युएई १४ मार्च ( ३० फाल्गुन )
युएइमा नेपालीहरुले विभिन्न समस्या भाेग्न बाध्य भएपछि नेपाली राजदुतावास अबुधावीले सचेतनामुलक कार्यक्रम सञ्चालन गरेकाे छ । नेपाली राजदुतावास अबुधानीले गत साेमबारबाट श्रमिक सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेकाे एक सुचनामार्फत जानकारी गराएकाे छ । साे कार्यक्रममा युएईमा वैधानिक तवरबाट श्रम गर्ने सम्बन्धी विषयहरु, मादक पदार्थ तथा लागू पदार्थको सेवन एवं कारोबारबाट हुने कानूनी समस्या, कम्पनीमा कार्यरत रहदा अपनाउनु पर्ने सावधानी तथा जिम्मेवारी, ट्राफिक नियमहरुको पालना, बैङ्किङ तथा नगद कारोबारमा गर्दा ध्यान दिनुपर्ने कुराहरु र यात्रा गर्दा नेपाल तथा युएईको अध्यागमन नियम सम्बन्धी पालना गर्नुपर्ने विषयहरुका सम्बन्धमा सचेतना जगाउने नेपाली राजदुतावास अबुधावीले जनाएकाे छ । पछिल्लाे समय युएईमा नेपालीहरुले विभिन्न समस्याहरु झेल्दै आउने क्रममा बृद्वि हुन थालेपछि सचेतनामुलक कार्यक्रम सञ्चालन गरेकाे जनाएकाे छ । सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनहरुलाई ध्यानमा राखी सभ्य तवरबाट प्रस्तुत हुन तथा नियमसङ्गत कार्यहरु मात्र गर्न समेत राजदुवासले अपिल समेत गरेकाे छ ।

ताजा समाचार

Related Articles