उपेन्द्र गाेले तामाङ
राैतहट २९ फाल्गुन
राैतहटमा घाइते अबस्थमा एक जंगली हात्ती छटपटाइ हिडिरहेकाे पाइएकाे छ । राैतहटकाे चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ३ गैडाटार र २ जुडिबेला क्षेत्रकाे जंगलमा घाइते हात्ती छटपटाउदै कहिले वडा नम्बर २ त कहिले वडा नम्बर ३ क्षेत्रकाे जंगल , सडक , गाउका साथै स्थानियले लगाएका मकै बालीमा घुमिरहेकाे गैडाटारका नवीन दाेङ तामाङले तराई पाेष्टलाई जानकारी दिनु भयाे । स्थानियका भनाई अनुसार गत दुई महिनादेखि रौतहटको उत्तरी भेगको गैडाटार र जुडिबेला क्षेत्रकाे जंगलमा वरिपरीको वस्तीमा घाईते अवस्थामा साे हात्ती उपचारकाे अभावमा छटपटाई हिडिरहेकाे पाइएकाे छ ।राैतहटकाे चन्द्रपुर नगरपालिकासँगै पर्सा राष्ट्रिय निकुञ्जकाे क्षेत्र जाेडिएकाे छ । साेही निकुञ्जबाट “यमगज” हात्ती राैतहटकाे चन्द्रपुर नगरपालिका क्षेत्रमा पर्ने सामुदायिक वनहरुमा विगत केही महिनादेखि आफ्नाे वास स्थान बनाउदै आएकाे छ । साे यमगज घाइते हात्तीको अगाडी तर्फको दाहिने खुटा सुनिएको र राम्ररी हिड्न नसकी खुच्चीएर हिड्ने गरेकाे र आफै चरण गर्ने समेत नसक्ने अबस्थामा रहेकाले दुब्लाउदै गएको स्थानिय दिपेन्द्र न्याैपानेले बताउनु भयाे ।


स्थानियले आफ्नाे बालीनालीमा प्रवेग गरे हाेहल्ला र आगाेका मुस्लाेले हानेर लखेटने गरेका छन तर हात्ती घाइते भएका कारण खुट्टा खाेच्याउदै बिस्तारै जंगलतिर जाने गरेकाे पाइएकाे छ । कतिपय स्थानियले हात्ती विरामी देखेर यमगजलाई हरिया मकैको घोगा, केरा , लगायतका विभिन्न खाधान्न दिने गरेका छन भने कतिपयले भने असहनिय पीडा बाेकेर छटपटाई रहेकाे हात्ती यमगजलाई ब्याकग्राउण्डमा राखेर टिकटक , फेसबुक लगायतका भिडियो समाजिक सञ्जालमा भाइरल बनाई रहेका छन । घाइते हात्तीसँग रहेकाे सेताे दाराकाे प्रलाेभनमा परेर शिकारीहरु या तस्करहरुले हात्तीलाई मार्ने उदेश्यले आक्रमण गरि घाइते बनाएकाे हुन सक्ने स्थानियले आकलन गरेका छन । स्थानियले वन र चन्द्रपुर नगरपालिकालाई उपचार र उद्धारका लागि पटक पटक आग्रह गरेकाे बतनएका छन तर निकायले बेवास्ता गरेकाे गुनासाे स्थानियले गरेका छन । तिर्खा लाग्दा यमगज खुट्टा खोच्याउँदै पानी पिउन चाँदी नदीमा पुग्ने गरेकाे छ । खुट्टाको घाउको कारणले हात्ती साेही क्षेत्रमा नै बस्ने गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यलाई स्थानीयले घाइते हात्तीलाई अबस्थाबारे जानकारी गराएकाे तर आचार्यले जंगली हात्ती भएको हुँदा त्यसै छाडिदिने र त्यसबाट टाढा रहन गैर जिम्मेवार जवाफ दिएकाे स्थानियले बताएका छन ।
स्थानियकाे चर्काे दबाब पछि डिभिजन वन कार्यालय राैतहटलेले हात्तीको उपचार तथा उद्धार गर्न भनी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाडौँ र राष्ट्रिय प्रकृति संरक्षण कोष ललितपुरलाई फागुन १५ गते पत्र लेख्दै साे हात्तीकाे उचित समयमा उपचार गर्न नसके हात्ती मर्ने खतरा छ भनेर जानकारी गराएकाे वन कार्यालयले जनाएकाे छ । यसअघि पनि वनले पत्राचार गरेपछि फागुन १ गते चितवन स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषबाट आएको चिकित्सक टोलीले डार्ट गरेर यमगजको जंगलमै उपचार गरेको थियो । त्यसपछि पनि यमगजको घाउ निको भएको छैन । सिकारीको गोली लागि घाइते भएको अनुमान गरिएको छ । तर, यसको आधिकारी पुष्टि भएको छैनन् ।

अविलम्ब सम्बध निकायले घाइते अवस्थामा रहेका यमगज हात्तीको उद्धार गरेर समुचित रुपमा उपचार गरेमा मात्रै हात्ती बाँच्ने अन्यथा हात्तीलाई बचाउन निकै गाह्रो हुने स्थानियकाे भनाई रहेकाे छ ।

