नेपाल तामाङ घेदुङ गुजराकाे अध्यक्षमा क्षेत्र बहादुर चयन

राैतहट २६ फाल्गुन
नेपाल तामाङ घेदुङ गुजरा नगर अधिबेशन साेमबार सम्पन्न भएकाे छ । साे अधिबेशनबाट क्षेत्र बहादुर मोक्तानकाे अध्यक्षतामा २१ सदस्यीय नगर समिति गठन गरेकाे छ । गुजरा नगरपालिका वडा नम्बर २ स्थित टासी छ्योईग्याल गुम्बाको प्राङ्गणमा भएको दोश्रो नगर अधिवेशन घेदुङ नगर समितिका उपाध्यक्ष एवम गुजरा नगरपालिकाका उप-प्रमुख (उपमेयर) रत्न लामाका सभाध्यक्षतामा सम्पन्न गरेकाे छ । नेपाल तामाङ घेदुङ संघीय सचिवालय सदस्य एवम मधेस प्रदेश समिति अध्यक्ष यमलाल गोलेको प्रमुख आतिथ्यता अधिबेशन सम्पन्न भएकाे गुजरा नगर घेदुङले जनाएकाे छ । अधिबेशनले अध्यक्ष   क्षेत्र बहादुर मोक्तान , उपाध्यक्ष विवी माया घलान , उपाध्यक्ष    कलक बहादुर जिम्बा , सचिव पासाङ तितुङ (कुमार लामा), सह-सचिव दिपक स्याङतान कोषाध्यक्ष चरीमाया लामा, सदस्यहरुमा  हेम बहादुर घलान ,  दिलिप बल , चन्द्रमाया घिसिङ , सरिता तामाङ , दोर्जे लामा , उर्मिला तामाङ , मुकुमाया थिङ , श्याम बल , कोईलीमाया घिसिङ , फुलमाया मोक्तान , मान बहादुर बल , राम बहादुर स्याङतान, धनराज योन्जन , बेन्जमाया घलान , उर्मिला पाख्रीन लगायतका पदाधिकारीहरु चयन गरिएकाे नेपाल तामाङ घेदुङ राैतहटले जनाएकाे छ ।

कार्यक्रममा घेदुङ संघीय सदस्य रामबहादुर घलान, रौतहट घेदुङका अध्यक्ष विरध्वज वाईबा, पूर्व अध्यक्ष बालकुमार रुम्बा, गुजरा न.पा. वडा नम्बर २ का वडा अध्यक्ष अशोक चौधरी, राष्ट्रिय मुसहर संघका केन्द्रिय सदस्य अनुप माझी, रौतहट घेदुङका सदस्य चन्द्रबहादुर थिङ, चन्द्रपुर नगर घेदुङका अध्यक्ष नरबहादुर तामाङ, माझी संघ गुजरा नगर अध्यक्ष दिपक माझी, कटानी मा. वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुपबहादुर स्याङतान, चन्द्रपुर नगर ४ नम्बर वडा घेदुङका अध्यक्ष सन्तबहादुर लोप्चन, गुजरा स्थित विभिन्न सामुदायिक वन उ. स. का अध्यक्षज्युहरु, गुम्बाका व्यवस्थापन समितिका अध्यक्ष एवम प्रमुख लामा गुरु, म्हनेपा संघका अध्यक्ष लगायतको सहभागी जनाएका थिए ।

ताजा समाचार

Related Articles