जिल्ला प्रहरी कार्यालय राैतहटकाे भवन उद्घाटन सम्पन्न

राैतहट २६ फाल्गुन
जिल्ला प्रहरी कार्यालय राैतहटकाे नवनिर्मित भवनकाे साेमबार उद्घाटन सम्पन्न भएकाे छ । अत्याधुनिक एवं प्रविधि मैत्री भवनकाे प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरले साेमबार उद्घाटन गर्नु भएकाे हाे । प्रहरी महानिरीक्षक कुँवरले अमर प्रहरी प्रति श्रद्धाञ्जली अर्पण गर्दै नवनिर्मित पक्कि भवनको उद्घाटन गर्नु भएकाे हाे । प्रहरी कर्मचारीको क्षमता एवं दक्षतालाई अभिवृद्धि गर्ने बताउनु हुदै बैज्ञानिक र प्राविधिक उपकरण प्राप्त गराई संगठनलाई बलियो बनाउनमा प्रहरी प्रधान कार्यालयबाट यथोचित रुपमा कार्यहरु भईरहेको कुवरले बताउनु भएकाे छ ।
कार्यक्रममा संविधान सभा सदस्य अशोक जयसवाल, गौर नगरपालिकाको नगरप्रमुख शम्भु साह, प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का, मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी लालमणि आचार्य, नेपाली सेनाको २८ नम्वर बाहिनीका प्रमुख रंजित थापा, जिल्ला न्यायाधिश मनोज केसी, नेपाल पत्रकार महासंघका अध्यक्ष संजय कुमार कार्की, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र लगायतकाे सहभागीता रहेकाे थियाे ।


भवन निर्माण कार्य दुई चरणमा निर्माण भएका जिल्ला प्रहरी कार्यालय रौतहटको अत्याधुनिक भवन निर्माण गर्नमा पहिलो चरणमा तुल्सिभक्त कन्ष्ट्रक्शन बालकुमारी ललितपुर र दोश्रो चरणका प्रदेज सुरेन्द्र जेभी बालकोट भक्तपुरले १७ करोड ६४ लाख २७ हजार ६२८ रुपैयामा निर्माण कार्य सम्पन्न गरेको प्राविधिक इन्जिनियर एसपी इश्वर थापाले जानकारी दिनु भएकाे थियाे ।

ताजा समाचार

Related Articles