दुसाध समाज रौतहटको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न

रौतहट,२५ फागुन । दुसाध समाज रौतहटको आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । दुसाध(पासवान) समाज रौतहटका अध्यक्ष बिगु पासवानको अध्यक्षता एवम् दलित एवम् मानव अधिकार कर्मी धर्मेन्द्र पासवानको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा,सम्पूर्ण सहभागी बिचमा रंग अबिर साटा साटा तथा एकअर्कासँग भेटघाट सहित होली मिलन कार्यक्रम सम्पन्न भएको हो ।

शनिबार गरुडा नगरपालिका वडा नं. ८ बिर्ता चौक स्थित हिमाल एकेडेमी बोर्डिङ्ग स्कूलको प्रांगणमा सो होली मिलन कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा मन्तव्य राख्दै अतिथि सबैले होली पर्बको शुभकामना साटासाट गर्नुका साथै दुसाधजाति लगायत दलित समुदाय भित्र पर्ने हरेक जात जातिलाई होली पर्वमा कसैको इच्छाविपरित होली नखेल्न र रङ नलगाउन,पानी न छ्याप्न र मादक पदार्थ सेवन न गर्न आग्रह गरेको गरेका छन्।

सो कार्यक्रमलाई सम्बोधन गर्दै दलित विकास समिति मधेस प्रदेशका सदस्य राजकुमार दास तत्माले होली पर्वको शुभकामना आदान प्रदान गर्दै राज्य र राज्यको गैरजिम्मेवार रबैयाका कारण मधेशमा दलितहरु माथि अन्याय,अत्याचार,जातीय भेदभाव तथा बलात्कार जस्ता जघन्य अपराधहरु बढ्दै गइरहेको र उक्त घटना हरुलाई गाउँमै मिलाउन पञ्चायती गर्ने प्रवृत्ति अझै अन्त्य हुन नसकेको बताए। उनलेे ‘देशमा ऐन र कानुन हुदा पनि राज्य र राज्यका संयन्त्र त्यसको कार्यान्वयन मा कहिल्यै पनि गम्भीर न भएको कारण यस्ता जघन्य अपराधहरु बढिरहेको बताए।’

दासले आयोजक संस्थालाई धन्यवाद दिदै आगामी वर्षको होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रम दलित भित्र रहेका हरेक जात/जाती को वर्गीय/जातीय संघ संस्थाको संयुक्त सहकार्य तथा सहभागीतामा आयोजना गर्न सबैलाई आग्रहमा गरेका छन्। उनले दलित समुदायको हक अधिकार सुनिश्चित गर्न सबै जना एकजुट भई,आफ्नो समुदायका व्यक्तिहरुलाई सहयोग गर्न आग्रह समेत गरे।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै दुसाध(पासवान) समाज रौतहटका महासचिवमा जयमंगल पासवानले दुसाध(पासवान) समाज रौतहट अब जिल्ला प्रसाशन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा दर्ता भई आधिकारिक रुपले पुर्णता पाइसकेको र यो संगठन दुसाध जाति लगायत समस्त दलित समुदायमाथि भइरहेको अन्याय,अच्याचारलाई अन्त्य गर्न अब आधिकारिक आवाज उठाउन सक्ने भइसकेको जानकारी गराउदै उनले सबै सहभागीहरुलाई स्वागत गरेका थिए।

त्यसैगरी प्रमुख अतिथिको रुपमा बोल्दै मानवअधिकार कर्मी धर्मेन्द्र पासवानले होलीको दिन मदिरा सेवन गरी सार्वजनिक स्थलमा होहल्ला न गर्न र कुनै पनि व्यक्तिको निजी जीवनमा नकारात्मक असर पर्ने गतिविधि न गर्न न गराउन तथा मदिरा सेवन गरि बिवादमा न पर्न अनुरोध गर्देै उनलेे होसियारी अपनाएर होली मनाउन सबैमा आग्रह गर्नुभयो। कार्यक्रमको विशिष्ट अथितिहरुमा दलित विकास समिति मधेस प्रदेश सदस्य राजकुमार दासतत्मा, दलित अधिकारकर्मी राम विनय पासवान,जितबहादुर विश्वकर्मा,नाथुराम परियार,दलित संघर्ष समिति रौतहटका अध्यक्ष सोनेलाल राम र अरुण राम रहेका थिए।

त्यसैगरी अथितिहरुमा दलित सामाजिक अभियन्ता श्री मा. वि. नयाँ गम्हरिया श्रीपुर रौतहटका प्रधानाध्यापक रामाधार पासवान, राष्ट्रिय दलित पत्रकार संघ नेपाल, रौतहटका अध्यक्ष तथा वृन्दावन नगर पालिकाका कार्यपालिका सदस्य राजेश पासवान(निर्माणी),हरूवा चरुवा अधिकार मञ्च रौतहटका अध्यक्ष दशरथ राम,दुसाध समाज रौतहट क्षेत्र नं.४ का क्षेत्रीय अध्यक्ष रामबिश्वास पासवान,राष्ट्रिय तत्मा समाजका केन्द्रीय प्रचारप्रसार समितिका संयोजक प्रदिप दास,दलित अधिकार कर्मी राजिन्द्र पासवान,सहदेव पासवान, सुनिल पासवान,अकलेश पासवान,अकलु पासवान,नन्दलाल पासवान र जगलाल पासवान लगायत रौतहट जिल्ला भरिकै दलित समुदाय भित्र पर्ने सम्पूर्ण वर्गीय,जातिय संस्थाका प्रतिनिधिहरु तथा दुसाध (पासवान) समाजका सम्पूर्ण पदाधिकारीहरु,दलित पत्रकारहरु लगायत दलित युवा,महिला,पुरुष एवम् वृद्ध उपस्थिति रहेको थियोे ।

ताजा समाचार

Related Articles