राैतहट फतुवा विजयपुर घेदुङ अध्यक्षमा अमर स्याङतान

राैतहट २४ फाल्गुन
नेपाल तामाङ घेदुङ फतुवा विजयपुरकाे दाेस्राे अधिवेसन शनिबार सम्पन्न भएकाे छ । शनिबार नेपाल तामाङ घेदुङ फतुवा विजयपुर नगर समितिको दोश्रो अधिवेशनले अमर स्याङ्तान तामाङको अध्यक्षतामा १३ सदस्यीय नगर कार्यसमिति सर्वसम्मतिले चयन गरेकाे नेपाल तामाङ घेदुङ राैतहटले जनाएकाे छ । फतुवा विजयपुर नगरपालिकाकाे हिमालिवास स्थित पद्म देछेन छ्योईलिङ गुम्बाको सभाहलमा सम्पन्न भएको थियाे ।  त्यसैगरि साे नगरपालिकाकाे घेदुङ उपाध्यक्षमा  संचिता बोम्जन , उपाध्यक्ष सोहन लो , सचिव सन्सर बहादुर तामाङ ,  उपसचिव दान बहादुर थोकर , कोषाध्यक्ष शान्ती लामा , सदस्यहरुमा सुवाश तामाङ , कमल तामाङ , शुशिला तामस , गङ्गी मोक्तान , मन्जु माया थोकर र सन्च माया थिङ सर्वसम्मति निर्वाचित हुनु भएकाे बाल कुमार लामाले तराई पाेष्टलाई जानकारी दिनु भयाे ।

नेपाल तामाङ घेदुङ फतुवा विजयपुरका निवर्तमान नगर घेदुङ अध्यक्ष पदम बहादुर घिसिङ तामाङकाे सभापतित्वमा सम्पन्न साे अधिबेशन  पघेदुङ संघीय सचिवालय सदस्य एवम मधेस प्रदेश समिति अध्यक्ष यमलाल गोलेकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे । अन्य अतिथिहरु घेदुङका संघीय सदस्य राम बहादुर घलान, अग्रज एवम समाजसेवी  वीर बहादुर गोले, जिल्ला घेदुङका अध्यक्ष  विरध्वोज वाईबा, पुर्व अध्यक्ष  बाल कुमार रुम्बा, जिल्ला सचिव भुवल बहादुर वाईबा, जिल्ला सदस्य चन्द्र बहादुर थिङ, चन्द्रपुर नगर अध्यक्ष नर बहादुर तामाङ लगायत स्थानीय व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । साेही अवसरमा साे भेलाले पदम बहादुर घिसिङको अध्यक्षतामा ९ सदस्यीय गुम्बा व्यवस्थापन समिति समेत गठन गरिएको जनाएकाे छ ।

ताजा समाचार

Related Articles