नेपाल तामाङ घेदुङ चन्द्रपुरकाे दाेस्राे नगर अधिबेशन सम्पन्न

राैतहट २१ फाल्गुन
नेपाल तामाङ घेदुङ चन्द्रपुर नगर समितिको दोश्रो अधिवेशन बुधबार सम्पन्न भएकाे छ । साे अधिबेसनले नर बहादुर तामाङको अध्यक्षतामा २१ सदस्यीय चन्द्रपुर नयाँ नगर कार्यसमिति चयन गरेकाे छ । राैतहठकाे चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ६ थोकरटोल स्थित हातेमालो सामुदायिक वनको सभाहलमा बुधबार सम्पन्न साे अधिवेशन निवर्तमान नगर अध्यक्ष लालबहादुर दोङको सभाध्यक्षता तथा घेदुङ संघीय सचिवालय सदस्य एवम मधेस प्रदेश अध्यक्ष यमलाल गोलेकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे नेपाल तामाङ  राैतहटले जनाएकाे छ । कार्यक्रममा पूर्व माननीय प्रदेश सभासद धनलाल थोकरकाेफविशेष आतिथ्यता रहेकाे थियाे । अधिबेशनले नेपाल तामाङ घेदुङ  चन्द्रपुर नगर कार्यसमितिमा अध्यक्ष नर बहादुर थिङ तामाङ , उपाध्यक्ष बाबू घिसिङ तामाङ ,  उपाध्यक्ष ज्ञानु लामा तामाङ ,  सचिव कर्म सिंह वाईबा तामाङ, सहसचिव संजय घलान तामाङ , कोषाध्यक्ष रिस्ता घलान तामाङ , सदस्यहरुमा रामलाल थोकर तामाङ , शेरबहादुर तामाङ , टीका भोलन , हिरालाल वाईबा तामाङ ,  कान्छामान योन्जन तामाङ ,  जमान सिंह वाईबा तामाङ , वीरबहादुर योन्जन तामाङ , कमल थिङ तामाङ , छिसाल तामाङ  , हिरामाया तितुङ तामाङ , पूजा थिङ तामाङ , लक्ष्मी लामा तामाङ  , अस्मिमाया योन्जन तामाङ , मैते सिंह थोकर तामाङ , उमाकुमारी जिम्बा तामाङ  लगायतका निर्वाचित हुनु भएकाे नवनिर्मित सचिव कर्म वाइबाले तराई पाेष्टलाई जानकारी दिनु भयाे ।


अधिबेशनमा नेपाल तामाङ घेदुङका संघीय सदस्य रामबहादुर घलान, समाजसेवी एवम अग्रज व्यक्तित्व वीरबहादुर गोले,   नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद  रौतहटका अध्यक्ष नरेन्द्रबहादुर राना मगर, महासंघ नगर समन्वय परिषद चन्द्रपुरका अध्यक्ष राजु धामी, घेदुङ जिल्ला अध्यक्ष विरध्वज वाईबा, रौतहट घेदुङका पूर्व अध्यक्ष द्वय दलबादुर थोकर र बालकुमार रुम्बा, चन्द्रपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष एवम जिल्ला घेदुङका पूर्व सदस्य बुद्ध लामा, हातेमालो सामुदायिक वनका अध्यक्ष एवम रौतहट घेदुङका पूर्व सदस्य रामलाल थोकर, थारु कल्याणकारीणी सभा रौतहटका सचिव प्रमोद चौधरी, सेडुप फेन्दे लोप्लीङ गुम्बाका अध्यक्ष हर्कबहादुर तामाङ, वर्तमान एवम पूर्व जिल्ला घेदुङका पदाधिकारी तथा सदस्यहरु र विभिन्न संघ/संस्थाका प्रतिनिधिहरु लगायतको आतिथ्यता रहेको थियो ।

ताजा समाचार

Related Articles