रौतहट गरुडाका १० निजि अस्पतालमा मुख्यमन्त्रिद्धारा अनुगमन ,अनाधिकृत १० ओटै बन्द गर्न निर्देशन

उपेन्द्र गोले तामाङ
रौतहट २२ फाल्गुन
रौतहटको गरुडामा विहिबार मधेश प्रदेशका मुख्यामन्त्री सतिश कुमार सिँहले निजि अस्पतालहरुको छड्के अनुगमन गर्नु भएको छ । अनुगमनको क्रममा गरुडा र शिवनगरमा सञ्चालनमा रहेको १० अस्पतालहरुको अनुगमन गरेकोमा १० ओटै अस्पतालहरु मापदण्ड विपरित सञ्चालनमा रहेको पाइएपछि ति १० ओटै अस्पतालहरु बन्द गर्न मुख्यमन्त्रि सिँहले निर्देशन दिइएको मधेश प्रदेश सरकारले जनाएको छ । गैर कानुनी रुपमा सञ्चालनमा रहेका शिवनगरका आनन्द हस्पिटल एण्ड एक्युपञ्चर सेन्टर , गरुडाको अनामिका हस्पिटल , रोमा हस्पिटल, सरस्वती हस्पिटल , सनसिटि हस्पिटल , गरुडा अस्पताल प्राली , नेत्रज्योती हस्पिटल , होप हस्पिटल लगायतका १० ओटा अस्पताल बन्द गर्न सिँहले निर्देशन दिएको अनुगमन टोलीले तराई पोष्टलाई जानकारी दिनु भयो । विहिबार बन्द गराइएका गरुडाका ति १० अस्पतालहरुले मापदण्ड पुरा गरी सञ्चालनमा ल्याउन निर्देशन दिनु भएको छ । मापदण्ड पुरा नगरी अस्पताल सञ्चालनमा ल्याइएमा पक्राउ गरी कानुनी कारवाही गरिने समेत मुख्यमन्त्रि सिँहले बताउनु भयो ।

ताजा समाचार

Related Articles