ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरद्वारा १૪ जना फरार प्रतिवादी पक्राउ

राैतहट १९ फाल्गुन
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले १૪ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ । रौतहट जिल्ला अदालतबाट कैद तथा जरिवाना तोकिएको विभिन्न मुद्दाका १૪ जना फरार प्रतिवादीहरुलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेका फरार प्रतिवादीहरु लागूऔषध, कुटपिट, लुटपाट , जुवा, जालसाजि, सम्बन्ध बिछेद, र वनका मुद्दामा फरार रहेका १૪ जनालाई नियन्त्रणमा  लिएकाे जनाएकाे छ ।पक्राउ परेका १૪ जनालाई आवश्यक कारवाहीको लागी रौतहट जिल्ला अदालत गौरमा पठाईएको  जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले तराई पाेष्टलाई जानकारी दिनु भयो ।

ताजा समाचार

Related Articles