उपेन्द्र गाेले तामाङ
राैतहट १९ फाल्गुन
राैतहटका एक अस्पताल सञचालक पक्राउ परेकाे छ । राैतहटकाे चन्द्रपुर-४ पुर्वपश्चिम राजमार्गमा सञ्चालनमा रहेकाे सिभिल अस्पताल अबैध रुपमा सञ्चालन गर्दै आएकाे शनिबार मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले अनुगमनकाे क्रममा थाहा पाएपछि बन्द गर्न निर्देशन दिनु भएकाे थियाे । तर सिभिल अस्पतालका सञ्चालकले अटेर गरि अस्पताल पुन सञ्चालन गरेपछि साेमबार ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकाे प्रहरी टाेलीले सञ्चालकहरुमध्येका एक राजन साहलाई पक्राउ गरेकाे ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले जानकारी दिनु भयाे । गत शनिबार मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले अस्पताल अनुगमन गर्ने क्रममा सो अस्पताल मापदण्ड विपरीत सञ्चालन भएको र दर्ता समेत नभएको पाइएपछि अस्पताल बन्द गर्ने पत्र थमाईको थियो । तर संचालक साहले सो पत्रको अटेर गदै अस्पताल खोलेपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले उहालाइ पक्राउ गरेको जनाएकाे छ । अबैध साे अस्पताल नखोल्न पटकपटक सम्झाई बुझाई गर्दा समेत साहले अटेर गरी अस्पताल खोलेपछि सोमबार बिहान साहलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखिएको डिएसपी राईले बताउनु भयाे । चन्द्रनिगाहपुरको ट्रमा हाइवे सेन्टर, सिभिल अस्पताल, चन्द्रपुर सामुदायिक अस्पताल , पब्लिक लाइफ केयर पोलिक्लिनिक, चपुर सिटी अस्पताल, हिमालयन पोलिक्लिनिक प्रालि, चपुर अर्थोपेडिक एण्ड जनरल अस्पताल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्र, एपोलो अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहले पत्र दिएका थिए ।

