राैतहट १८ फाल्गुन
राैतहटमा नेपाल तामाङ घेदुङकाे नगर अधिबेशनहरु तिब्र गतिमा बढाउने भएकाे छ । राैतहटकाे चन्द्रपुर , गुजरा र फतुवाविजयपुर नगरपालिकाका तामाङ समुदायकाे बस्तीहरु रहेका छन । ती ३ ओटा नै नगरपालिकामा नगर अधिबेशन गर्ने भएकाे छ । राैतहटकाे चन्द्रपुर नगर घेदुङकाे २०८१ फाल्गुन २१ गते , गुजरा नगर घेदुङकाे फाल्गुन २६ गते र फतुवाबिजयपुर नगर घेदुङकाे फाल्गुन २४ गते अधिबेशनहरु सम्पन्न गर्ने नेपाल तामाङ घेदुङ राैतहटले तराई पाेष्टलाई जानकारी दिएकाे छ । तामाङ समुदायकाे भाषा , धर्म , संस्कृति , रहनसहन लगायत तामाङ समुदायकाे हक अधिकारहरु आफ्नाे समुदायले पाउनु पर्ने भन्दै विगत लामाे समयदेखि राज्यसँग नेपाल तामाङ घेदसङले माग गर्दै आइरहेकाे छ । राैतहटका अन्य स्थानिय तहहरुमा तामाङ सममुदायकाे बस्ती नभईकाे र न्यून संख्यामा रहेकाले अन्य नगरहरुमा नेपाल तामाङ घेदुङकाे संगठन नभएकाे समेत राैतहट घेदुङले जानकारि दिएकाे छ ।



