राैतहट १८ फाल्गुन
राैतहटकाे चन्द्रनिगाहपुरमा ध्वनी प्रदुषण गर्ने माेटरसाइकलहरु कारवाहीमा परेका छन । आइतबार ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले चन्द्रपुर नगरपालिकाकाे चाेक , बजार क्षेत्र लगायत विभिन्न स्थानहरुमा माेटरसाइकलकाे स्वरुप परिवर्तन गरि तीव्र गतिमा चर्को आवाज निकाली गाँउ,बजार क्षेत्रहरूमा ध्वनि प्रदूषण गर्ने मोटर साइकलहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएकाे छ । आफ्नाे कुनै पनि सवारी साधनहरुकाे स्वरुप परिवर्तन नगर्न र चर्काे आवाजमा सवारी नचलाउन समेत प्रहरीले सबैमा अनुराेध गरेकाे छ ।


