राैतहट १७ फाल्गुन
राैतहटकाे चन्द्रपुरका १० अस्पताल अबैध रहेकाे पाइएकाे छ । शनिबार मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले रौतहटको चन्द्रपुर नगरपालिकामा सञ्चालित अस्पतालहरुकाे अनुगमन गरेका थिए । साे क्रममा १० वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिहले निर्देशन दिनु भएकाे छ । अस्पताल अनुगमनका लागी रौतहट आएका मुख्यमन्त्री सिंहले अवैध तथा अनधिकृत रूपमा सञ्चालनमा रहेका १० ओटा अस्पताल बन्द गर्न निर्देशन दिनु भएकाे छ । चन्द्रपुर नगरपालिकामा सञ्चालित हाईवे ट्रमा हस्पिटल एण्ड रिसर्च सेन्टर, सिभिल हयुमनहोस्पिटल एण्ड रसर्चसेन्टर,पब्लिकलाईफ केयर पोलिक्लीनिक, हिमालयन पोलिक्लीनिक चन्द्रपुर प्रालि, एपोलो हस्पिटल, चपुर सिटी हस्पिटल, चन्द्रनिगाहपुर अर्थोपेडिक एण्ड जनरल हस्पिटल प्रालि, चन्द्रपुर सामुदायिक हस्पिटल, चन्द्रपुर आँखा तथा दाँत उपचार केन्द्रलाई मापदण्ड पूरा गरी दर्ता गरेर मात्र सञ्चालन गर्न मुख्यमन्त्री सिंहले शनिबार निर्देशन दिनु भएकाे छ । शनिबार बन्द गरिएका अस्पतालहरुमा भर्ना भएका बिरामीलाई अन्यत्र भर्ना गरेर साे रकम बन्द भएका अस्पतालले तिर्न समेत मुख्यमन्त्री सिंहले लिखित पत्रका निर्देशन समेत दिनु भयाे । शनिबार चन्दणरनिगाहपुरमा ११ वटा अस्पतालको अनुगमन गर्दा चन्द्रपुर हस्पिटल मात्र दर्ता गरी सञ्चालनमा रहेको पाइएको मुख्यमन्त्री सिहले बताउनु भयाे । बन्द गरिएका अस्पतालहरुले सेवा सञ्चालन अनुमति लिएर मात्र अस्पताल सञ्चालन गर्न उहाले निर्देशन दिनुनु भएकाे छ ।

