
रौतहट १५ फाल्गुन
रौतहट प्रहरीले भन्सार छलीका समानहरु बरामत गरि विहिबार भन्सार कार्यालय गौरमा पेश गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट गौर मातहतका खटि गएको प्रहरी गस्ति टोलीले रौतहटका विभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा भारतीय मोटरसाइकलमा अबैध रुपमा भन्सार छली चोरी गरी ल्याउदै गरेको अन्दाजी ६१ ह्जार एक सय ५० बराबरको फलफुल , खेलौना र किराना लगायतका समानहरुसहित ३ थान मोटरसाइकलको मुल्य १ लाख ४० हजार गरी जम्मा २ लाख १ हजार , १ सय ५० बराबरको सामग्रीहरु विहिबार भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


सो समानहरुसहित बरामत गरिएको BR30AD5449 , BR20AC1092 , BR30Y4353 नम्बरको मोटरसाइकल ३ थान सहित रौतहटको गरुडा नगरपालिकाकाके वड नम्बर ६ का बर्ष २० का पवन कुमार यादवलाई समेत थप कारवाहीका लागी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

