राैतहटकाे एक विद्यालयमा बुवा अध्यक्ष , छाेरा प्रधानाध्यापक , ३ जना शिक्षक समेत एकै परिवारका

उपेन्द्र गाेले तामाङ
राैतहट १३ फाल्गुन
राैतहटकाे एक बिद्यालयमा अध्यक्ष , प्रधानाध्यापक सहित पियन समेत एकै परिवारका सदस्य भएकाे पाइएकाे छ । राैतहटकाे गुजरा नगरपालिकाकाेे वडा नम्बर ५ इस्लामपुरमा सञ्चालित रहमान प्राथमिक विद्यालयमा व्यबस्थापन समितिकाे अध्यक्ष बुवा र प्रधानाध्यापक आफ्नै छाेरा रहेकाे पाइएकाे छ । २०६५ सालमा स्थापना भएकाे साे विद्यालयका समितिका अध्यक्ष माजिवुन रहमान र प्रधानाध्यापक अध्यक्षका छाेरा करार शिक्षक अफराेज आलम रहेकाे पाइएकाे हाे ।  बुवा र छाेरा मिलेर आम अभिभावककाे सल्लाह सुझावलाई बेवास्ता गर्दा आइतबार विवाद भएकाे थियाे । बिद्यालयमा बिवादले उच्च रुप लिएपछि साेही वडाका वडा अध्यक्ष शेख जमानुदिनले साेमबार पत्रकार सम्मेलन विद्यालय परिसरमा नै गरेका थिए । साेहि क्रममा वडा अध्यक्ष जमानुदिनले बिद्यालयकाे स्राेत साधनकाे अध्यक्ष र प्रधानाध्यापकले मनपरि तरिकाले दुरुपयोग गरेकाे बताउनु भयाे । बालविकासदेखि कक्षा ५ सम्म दैनिक कक्षा सञ्चालन भईरहेकाे साे बिद्यालयमा कार्यरत ५ जना शिक्षक कर्मचारी मध्ये प्रधानाध्यापक सहित ४ जना अध्यक्ष शेख रहमान कै एउटै घरका छाेरी बुहारी कार्यरत रहेका छन । साे बिद्यालयमा नियमित रुपमा ८०/८५ जना विद्यार्थी अध्ययन गर्ने आउने भएतापनि प्रधानाध्यापक रहमानले ३ सय ६० जना विद्यार्थीकाे नाम पेश गरि उनीहरुकाे नाममा आएकाे छात्रवृत्ति , पाठ्यपुस्तक तथा दिवा खाजा वापतकाे रकम समेत नगरपालिकाबाट सुविधा लिई व्यापक भ्रष्टाचार गरेकाे साेमबार पत्रकार सम्मेलनमा वडा अध्यक्ष शेख जमानुदिनले बताउनु भयाे । साे विद्यालयका प्रधानाध्यापक आलमले आफु उपर वडा अध्यक्ष जमानुदिनले लगाएको आरोपमा कुनै सत्यता नभएकाे बताउनु भयाे ।  विद्यालयमा आइतबार भएको दुई पक्ष विचको झडपमा आफु सहित केही अभिभावक घाइते भएको भने प्रधानाध्यापक आलमले स्वीकार्नु भएकाे छ । साे झडपमा परि प्रधानाध्यापक आलमको प्रादेशिक अस्पताल गौर र केही अभिभावकको चन्द्रनिगाहपुर अस्पतालमा उपचार भई रहेको बझाइएकाे छ ।

ताजा समाचार

Related Articles