सालको चिरान काठसहित रौतहटमा दुई जना पक्राउ

रौतहट, ११ फागुन । रौतहटमा अवैध सालको चिरान काठ तस्करी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईको नेतृत्वमा खटिएको प्रहरी गस्ती टोलीले चन्द्रपुर नगरपालिका–४ बाट दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा स्थानिय ३२ वर्षीय जयकिशोर कुमार र ४० वर्षीय सनिचर धामी रहेका छन् ।
उनीहरुको साथबाट ४ वटा साइकलमा लोड गरी लुकाई छिपाई चिडयादहबाट चन्द्रनिगाहपुर तर्फ लैजादैँ गरेको अवस्थामा करिव २१ क्युफिट सालको १३ थान चिरान काठ बरामद गरी कारवाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा दाखिला गरिएको जिल्ला प्रहरी प्रवक्ता एवम् डिएसपि दीपक कुमार रायले जानकारी दिए । पछिल्लो समय रौतहटको वनमा काठ तस्करी बढ्दै गएको छ । वन कर्मचारीले गस्ती कम गर्न थालेपछि तस्कर समूहले अबैध रुपमा काठ कटानी तथा ढुवानी तिब्र पारिएको स्थानीयको भनाई छ ।

ताजा समाचार

Related Articles