राैतहट ७ फाल्गुन
राैतहटकाे चन्द्रपुर-१ बागमतिमा लाेकतान्त्रिक तामाङ संघकाे पहिलाे भेला बुधबार सम्पन्न भएकाे छ । नेकपा एमालेकाे भातृ संगठन लाेकतान्त्रिक तामाङ संघकाे चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर १ काे साे वडा भेलाले कान्छामान गाेलेकाे अध्यक्षतामा ११ सदस्य वडा कमिटि गठन गरेकाे छ । भेलाले उपाध्यक्षमा टीका भाेलन , सचिव रेशम बहादुर गाेले , सहसचिव कान्छामान याेन्जन , काेषाध्यक्ष शान्ति माया तामाङ लगायतका पदाधिकारीहरु चयन गरेकाे लाेकतान्त्रिक तामाङ संघका चन्द्रपुर नगर कमिटिका अध्यक्ष प्रेम बहादुर रुम्बाले तराई पाेष्टलाई जानकारी दिनु भयाे ।

लोकतान्त्रिक तामाङ संघ नेपाल केन्द्रीय कमिटीका कार्यवाहक अध्यक्ष खड्ग बहादुर बोम्जनको प्रमुख आतिथ्यता एवम संघका चन्द्रपुर नगर कमिटी अध्यक्ष प्रेमबहादुर रुम्बाको सभाध्यक्षतामा साे भेला सम्पन्न भएको लाेकतान्त्रिक तामाङ संघ राैतहटले जनाएकाे छ ।


